← समाचारमा फर्कनुस्
Volleyball Apr 11, 2023 · Shishir

पुलिसको विजयी सुरुआत

पुलिसको विजयी सुरुआत

काठमाडौ- प्रथम पोष्ट बहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा भएको उद्घाटन खेलमा पुलिसले एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले एपीएफलाई पहिलो सेट २५-२१, दोस्रो सेट २५-२२ र तेस्रो सेट २६-२४ ले पराजित गरेको हो ।

प्रतियोगितामा तीन विभागीयसहित गण्डकी र सुदूरपश्चिम गरि ५ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले नगद रु १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →