← समाचारमा फर्कनुस्
एन्फा यू-१६ लिग : पुलिस र एपीएफको रोमाञ्चक बराबरी

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा गत साताबाट सुरु भएको एन्फन यू-१६ लिगमा आज एक मात्रै सम्पन्न भएको छ ।
आज भएको एक मात्र खेलमा नेपाल पुलिस क्लब र एपिएफ एकेडेमीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलमा २-० गोलले पछि परेको एपीएफले पूनरागमन गर्दै खेल बराबरीमा रोकेको हो ।
पहिलो हाफको १६औं र २५औं मिनेटमा नविन ओलीले गोल गर्दै पुलिसलाई पहिलो हाफभरि २-० गोलको अग्रता दिलाए तर, दोस्रो हाफमा पुलिस सम्हालीन सकेन् ।
खेलको ४९औं मिनेटमा रोहित गोलले एपीएफका लागि गोल गर्दै खेल २-१ को अबस्थामा ल्याए । त्यसपछि पुन रोहितले खेलको ६१औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ गोलको बराबरी अबस्थामा ल्याए ।
त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले १/१ अंक बाडे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |