एन्फा यू-१६ लिग : संकटा र चर्च ब्वाइज भिड्दै

काठमाडौं । गत शुक्रबारबाट सुरु भएको एन्फा यू-१६ लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिबार दोस्रो चरणको खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाईडेट खेल्दैछन् ।
एन्फा मुख्यालय सातदोबाटोमा हुने यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा दुबै टोली एकअर्कामाथि जित निकाल्दै पहिलो जित निकाल्ने योजनमा रहेका छन् ।
संकटा पहिलो खेलमा विभागिय टोली एपिएफ क्लबसाग १-२ गोल अन्तरले पराजित भएको थियो ।
यता, चर्च ब्वाइज भने आफ्नो पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २-० गोलले पराजित भएको थियो ।
यस्तै शनिबार ४ खेल हुँदैछ । शनिबार हुने पहिलो खेलमा मनाङ मर्याङदी क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । यो खेल च्यासल मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
दोस्रो खेलमा विभागिय ड्रबीमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब एन्फा मुख्यालयमा दिउँसो २ बजे भिड्नेछन् ।
तेस्रो खेलमा त्रिभिुवन अर्मी क्लले फ्रेन्ड्स क्लबसँग सल्लाघारी भक्तपुरमा दिउँसो १४ बजे खेल्नेछ ।
यस्तै दोस्रो चरणको अन्तिम खेलमा एफी खुमलटारले न्यूरो टिम (एनआरटी) सँग खेल्नेछ । यो खेल च्यासल रंगशालामा दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |