← समाचारमा फर्कनुस्
Football Aug 04, 2023 · Shishir

एन्फा यू-१६ : फ्रेन्ड्सले मछिन्द्रलाई हरायो

एन्फा यू-१६ : फ्रेन्ड्सले मछिन्द्रलाई हरायो

एन्फा यू-१६ लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लबले मछिन्द्रलाई पराजित गरेको छ।

एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा फ्रेन्ड्सले मछिन्द्रलाई २-१ गोलअन्तरले पराजित गरेको हो। फ्रेन्ड्सको जितमा अर्जित तामाङ र पवन पाख्रिनले १/१ गोल गरे। यता, मछिन्द्रका लागि सन्जय उर्गेन दोङले सान्त्वना गोल गरे।

खेलको ३२औँ मिनेटमा फ्रेन्ड्सका कप्तान अर्जितले गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको फ्रेन्ड्सले दोस्रो हाफमा थप १ गोल गर्यो भने १ गोल खायो।

यो जितसँगै फ्रेन्ड्सले ४ खेलमा ६ अंक बनाएको छ। यता, पराजित मछिन्द्रको पनि समान खेलबाट ६ अंक नै रहेको छ। यसअघि तेस्रो खेलमा फ्रेन्ड्स खुमलटारसँग ३-१ गोलअन्तरले पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →