← समाचारमा फर्कनुस्
Top Headlines Jul 21, 2023 · Shishir

त्रियोग चेसमा आयोजक विद्यालयको प्रभाव

त्रियोग चेसमा आयोजक विद्यालयको प्रभाव

काठमाडौं, साउन ३ गते । तेस्रो त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता विहिबार सुरु भयो । प्रतियोगितामा ३५ विद्यालयका करिब २ सय  खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ८ स्पर्धा समावेश गरिएको छ ।

प्रतियोगिताको प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका अध्यक्ष विदुर गौतमले उद्घघाटन गरे । सो कार्यक्रममा आयोजक विद्यालयका बोर्ड अफ डाइरेक्टर अजित लामा तथा उप प्रधानाध्यापक सबिता कपरुवानको पनि उपस्थिती थियो ।

दुई दिने प्रतियोगिताको पहिलो दिन सञ्चालित खेलमा छात्र ८ दखि १० कक्षाको समूहमा अल्पाइन एकेडेमीका प्रशान्त तामाङ, नितेन मेमोरियलका दिपक गोले, फ्लोरसुरेन्ट मावीका जेसिक मैनाली तथा अरुणिमाका सजल न्यौपाने शीर्ष स्थानमा छन् ।

छात्रा तर्फ न्यू जेनिथकी तृषा शाही, नितेन मेमोरियलकी निरता परियार र पुष्पसदनकी सिवानी रिजाल शीर्ष स्थानमा छन् । छात्र ६ देखि ७ कक्षा समुहमा पाठसालका ओस्कार पन्थी, पुस्पसदनका असिम मर्हजन, साइ निल्यम बोर्डिङ स्कुलका अजित पौडेल र आयोजक त्रियोगका सम्यम पाण्डे शीर्ष स्थानमा छन् ।  छात्रा तर्फ आयोजककी नोयल थापा र ग्रिन हिलकी एन्जल मर्हजन शीर्ष स्थानमा छन् ।

छात्रको ४ र ५ कक्षाको समूहमा आयोजकका आभाष रिमाल र लक्ष मोरको साथमा अन्नपूर्णका अविरल तामाङ र पुसपदिनका हार्दिक पन्त शीर्ष स्थानमा छन् । छात्रा तर्फ न्यु समिटकी नेहना श्रेष्ठ र नितेन मेमोरियलकी ज्ञानी श्रेष्ठ शीर्ष स्थानमा छन् ।
१ कक्षा देखि ३ कक्षा छात्र समूहमा माछापुच्छ्रे स्कुलका सशस श्रेष्ठ र त्रियोगका प्रसुन मल्ल शीर्ष स्थानमा छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →