← समाचारमा फर्कनुस्
एपिएफमाथि टिप टपको रोमाञ्चक जित

काठमाडौं । सातौं संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा विभागिय टोली एपिएफ क्लबमाथि टिप टप हेल्प नेपालले रोमाञ्चक जित हात पारेको छ ।
बिहिवार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको पुरुष तर्फको पहिलो खेलमा टिप टपले एपिएफलाई ३-२ को सेटटमा पराजित गरेको हो ।
सुरुवाती २ सेट २५-२७, १७-२५ जितेको टिप टपले तेस्रो २५-२१ र चौथो २५-२३ ले सेट गुमाएको थियो । तर, पाँचौ सेटमा १४-१६ ले आफ्नो पक्षमा पार्दै महत्त्वपूर्ण २ अंक जोड्यो ।
पाँचौ सेटमा १३-७ को अबस्थामा टिप टपले शानदार पुनरागमन गर्दै खेलमा जित निकाल्न सफल भयो ।
यो जितसँगै टिप टप ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनल नजिक पुगेको छ । यता पराजित एपिएफको भने समान खेलबाट १० अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |