← समाचारमा फर्कनुस्
बिहीबारदेखि दक्षिण एसिया युथ टेवल टेनिस

काठमाडौं। दक्षिण एसिया क्षेत्रीय युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि सुरु हुने भएको छ।
एसियन टेबल टेनिस युनियन (एटिटियु)को वार्षिक कार्यक्रमअनुसार अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिता यहीँ बैशाख ११ देखि १४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।
प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपाल गरी जम्मा ६ राष्ट्रहरु सहभागी हुनेछन्।
प्रतियोगितामा यु–१९ र यु–१५ गर्ल्स र ब्वाइज खेलाडीले सहभागिता जनाउने छन्। टिम इभेन्टस्, सिंगल्स, डबल्स, मिक्स डबल खेलाइनेछ। खेलाडी तथा अफिसियल गरी जम्मा ११३ जना सहभागी हुने संघले जनाएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |