← समाचारमा फर्कनुस्
Other Sports May 17, 2023 · Shishir

सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसको तयारी पूरा

सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसको तयारी पूरा

काठमाडौं, जेठ ३ गते- शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा हुने नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जेठ ४ र ५ गते हुने प्रतियोगिताको तयारी पूरा भएको कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले जनाएका छन् ।

प्रतियोगितामा १ सय ९० ब्वाइज तथा ८० गल्र्स गरी जम्मा २ सय ७० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । उपत्यका तथा मोफसलका बुटवल र हेटौंडाका विभिन्न ३५ विद्यालय सहभागी हुने छन् । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने प्रावधान छ ।

ब्वाइज÷गल्र्स सिंगल्स तथा टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले ७ हजार ५ सय तथा तेश्रोले ३÷३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताको पहिलो दिन ब्वाइज÷गल्र्स सिंगल्सको फाइनल हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →