← समाचारमा फर्कनुस्
Top Headlines Jun 27, 2023 · Shishir

तरूण सरदेशाई नेपाल राष्ट्रिय गल्फ टिमको प्रशिक्षक नियुक्त

तरूण सरदेशाई नेपाल राष्ट्रिय गल्फ टिमको प्रशिक्षक नियुक्त

काठमाडौं, असार ११ गते । १९औँ एसियाली खेलकुदका लागि तरूण सरदेसाईलाई नेपाल गल्फ संघले प्रशिक्षक नियुक्त गरेको छ । 
नेपाल गल्फ संघ र तरूण सरदेसाई बीच एसियन गेम्सको लागि सम्झौता भएको छ । सम्झौता अनुसार एसियन गेम्ससम्म सरदेसाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकको रूपमा रहने छन् ।

नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दिपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन् । एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाओमा हुनेछ ।

तरूण सरदेसाईको नेतृत्वमा नेपाली टिमले भारतको बैंगलुरुस्थित तरूण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरू गरिसकेको छ ।

एशियन गेम्समा प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुबाश तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणको लागि बैंगलुरु पठाएको  हो । नेपाल नम्बर एक एमरच्योर गल्फर सुबाशसँगै सदभाव आचार्य गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका थिए ।

बन्द प्रशिक्षणकै दौरान सुबाश र सदभावले जुलाई १८ देखि १९ सम्म अर्किड कन्ट्री क्लबमा हुने  सिंगापुर एमेच्योर ओपनमा सहभागिता जनाउने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →