← समाचारमा फर्कनुस्
Top Headlines Aug 23, 2023 · Shishir

आइएसएफ यु-१५ जिम्न्यासाइडमा निश्चित कार्कीले जिते स्वर्ण

आइएसएफ यु-१५ जिम्न्यासाइडमा निश्चित कार्कीले जिते स्वर्ण

नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आइएसएफ यु-१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन्। 


ब्राजिलको रियो डि जेनेरियो मा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मंगलवार भएको कलरवेल्ट पुम्सेको फाइनलमा उनले आयोजक ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेको हो।


निश्चितले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्धन्दी बाजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गर्न सके।


यसअघि निश्चितले सेमीफाइनलमा मेक्सिकोलाई हराएका थिए। मेक्सिकोले ६.८ अंक जोड्दा निश्चितले ७. अंक प्राप्त गरेका थिए। 


मंगलवार भएको गर्ल्स थ्री अन थ्री बास्केटवलमा नेपाली टोलीले अंगोलालाई १५-० ले पराजित गर्यो। सो खेलमा नेपालकी आर्या पौडेल सर्वाधिक ५ अंक जोडिन्। आर्या सहित ओजोस्वी श्रेष्ठ, आरुशा शाक्य र संयमी घिमिरेले प्रतिस्पर्धा गरेका थिए।


जित संगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको गर्ल्स वास्केटबलमा नेपालले नवौं स्थान हात पारेको छ।

यसैगरी ब्वाइज थ्री अन थ्री वास्केटबलमा नेपाल '' ले ब्राजिललाई -६ स्कोरले तथा मेक्सिकोलाई १०- ले हरायो। अर्को खेलमा भने कोस्टारिकासंग ९-८ ले पराजित हुनपुग्यो। 


त्यसैगरी ब्वाइज नेपाल 'बी' भने ब्राजिलसंग ११ पराजित भयो। 

भदौ १० सम्म सञ्चालन हुने प्रतियोगितामा ४४ राष्ट्रका २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्।


नेपालबाट पाँचवटा खेलहरु बक्सिङ, पौडी , तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा २१ जना खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन्। 


अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आइसी) को आयोजनामा हरेक दुई वर्षमा आयोजना हुने यो १५ वर्ष उमेर समुहको 'मिनी ओलम्पिक' प्रतियोगिता हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →