← समाचारमा फर्कनुस्
Top Headlines Jul 09, 2023 · Shishir

सन्दीपा र शिशिरलाई कांस्य

सन्दीपा र शिशिरलाई कांस्य

काठमाडौं । सन्दीपा अमगाईं र शिशिर श्रेष्ठले डब्लुटी प्रेसिडेन्ट कप ओसिनिया जीटु तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।

अस्ट्रेलियाको मोरिफिल्ड क्विन्सल्यान्डमा भएको च्याम्पियनसिपको ३० वर्षमुनिको पेयर पुम्सेमा सन्दीपा र शिशिरले कांस्य पदक जितेका हुन् । यो स्पर्धामा चाइनिज ताइपेइले स्वर्ण र अस्ट्रेलियाले रजत पदक जितेको थियो ।
उक्त च्याम्पियनसिपमा नेपालकै सागर गुभाजु र पारस भण्डारीले पनि प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय टोलीका सदस्य रहिसकेका सागरले ग्योरोगीको ८० केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । यस्तै पारसले ६८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

चारै जना खेलाडीले अस्ट्रेलियाकै अर्को प्रतियोगिता अस्ट्रेलियन ओपन जीटु च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्दैछन् । सन्दीपा र शिशिरले ३० वर्षमुनिको पेयर पुम्से, सागरले पुरुष ७४ केजी र पारसले ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

सन्दीपा अध्ययनको सिलसिलामा जापानमा बस्दै आएकी छन् भने अरु अस्ट्रेलियामै अध्ययन गरिरहेका छन् । 

मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका पारस प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

सोही प्रतियोगितामा रजत पदक जितेकी सन्दीपाले ‘लेभल टु कोचेज’ कोर्स पनि उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी थिइन् ।

यस्तै गुभाजुले अस्ट्रेलियामा भएको सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →