← समाचारमा फर्कनुस्
Top Headlines May 18, 2023 · Shishir

सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस सुरु

सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस सुरु

काठमाडौ- शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

पहिलो दिन ब्वाइज टिम इभेन्टमा भासरा, न्यु होराइजन, बुटवल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र गार्गी एकेडेमी, बुटवल सेमिफाइनलमा पुगेका छन् । सो स्पर्धाको महिलामा आदर्श विद्या मन्दिर (एभीएम), भासरा, स्वस्तिश्री गुरुकुल र प्रभातले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । १ सय ९० ब्वाइज तथा ८० गल्र्स गरी जम्मा २ सय ७० खेलाडी सहभागी प्रतियोगितामा ब्वाइज÷गल्र्स सिंगल्स र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले ७ हजार ५ सय तथा तेश्रोले ३÷३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →