टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता असार १५ गते हुने

काठमाडौं । दोस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता आयोजना हुने भएको छ ।
टुसाल मल्टिभेन्यु प्रालिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार १५ गते हुने जानकारी दिएको हो । प्रतियोगिता तार्केश्वर(०८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्युका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए ।
प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइनेछ ।
विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरीने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १०० खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम २१ स्कुलले सहभागिताका लागि नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ । प्रतियोगिताको प्राविधिक र निर्णायकको जिम्मेवारी विष्णु खड्का लगाएत ११ जनाको टिमले जिम्मा लिनेछन् । प्रतियोगितामा मेडिकल सपोर्ट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रहने छ । अस्पतालले प्रतियोगितको अवधिभर एम्बुलेन्स, एकजना चिकित्सक र दुई जना नर्स सहितको सेवा दिने सम्झौता भएको आयोजकले जनाएको छ।
यस अघि २०७९ जेठ १९ गते मल्टिभेन्युले पहिलो संस्करणको आयोजना गरेको थियो। कार्यक्रममा टुसाल मल्टि भेन्यूका प्रबन्ध निर्देशक दिपेन्द्र थापा, सानिमा बैंककी शाखा प्रमुख निलु स्थापित, लुम्बिनी बिकास बैंकका शाखा प्रमुख श्रीजन डंगोल र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |