← समाचारमा फर्कनुस्
Top Headlines Jun 30, 2023 · Shishir

टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगितामा काठमाडौं वर्लड स्कुलको उत्कृष्ट प्रर्दशन

टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगितामा काठमाडौं वर्लड स्कुलको उत्कृष्ट प्रर्दशन

काठमाडौं। टुसाल मल्टि भेन्युद्वारा आयोजित दोस्रो संस्करणको पौडी प्रतियोगितामा काठमाडौं वर्लड स्कुलले उत्कृष्ट प्रर्दशन गरेको छ।  तार्केश्वर नगरपालिका(८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङपुलमा शुक्रबार सम्पन्न प्रतियोगितामा काठमाडौं वर्लड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाईजमा स्वर्ण पदक हात पारेको हो।  

२५ मिटर फ्रि स्टायलमा खेलाईएको उक्त प्रतियोगितामा  सिनियर ब्वाईज तर्फ काठमाडौं वर्लड स्कुलका कल्किन श्रेष्ठ र सिनियर गर्लसमा सोही स्कुलकी अनिया पियाले स्वर्ण पदक हात पारिन् । सोही विधाको पुरुष तर्फ स्वस्तिश्री गुरुकुलका आलज रन्जित दोस्रो भए भने करियर विल्डिङ ईन्टरनेशनल एकेडेमिका सम्बन्धन श्रेष्ठले तेस्रो स्थानमा चित्त बुझाए। यति सिनियर गर्लसमा काठमाडौं वर्लड स्कूलकी ईसानी देवी गोसाली दोस्रो भईन भने सेन्ट जेभिएर्स स्कुलकी साक्क्षी राणा तेस्रो हुँदै कास्य पदकमा चित्त बुझाईन् । 

प्रतियोगिताको जुनियर ब्वाईजमा पनि काठमाडौं वर्लड स्कुलका मायोन श्रेष्ठ  पहिलो बन्दै  स्वर्ण पदक हात पार्न सफल भए भने जुनियर गर्लसमा भने स्वस्तीश्री गुरुकुलकी अजला रन्जित स्वर्णपदक जित्न सफल भईन् । जुनियर ब्वाईजमा जेम्सका अर्चित बुढाथोकी दोस्रो र काठमाडौं  गुरुकुलका संकृत्य नेपाल तेस्रो भए। जुनियर गर्ल्समा स्वस्तीश्रीकी आर्या महर्जन दोस्रो र मिल्सबेरी स्कुलकी निकोल तुलाधर तेस्रो भईन्। 

२५ मिटर फ्रिस्टाईल मेम्बरमा आयुष श्रेष्ठ पहिलो, सुस्क्रिन महर्जन दोस्रो र विजय राज बाँनिया तेस्रो भए। प्रतियोगितका सम्पूर्ण विजेता खेलाडीहरुलाई टुसाल मल्टिभेन्यू प्रालीको संस्थापक तथा निर्देशकद्वय पुस्कर थापा र विजय सापकोटाले ट्रफि, मेडल र प्रसंसा पत्र दिएर सम्मान गरे।

विजेता सम्पूर्ण खेलाडीलाई टुसाल मल्टिभेन्युमा एक महिनाको लागि निशुल्क स्मिङ कोर्सको सुविधा पाउने भएका छ्न। प्रतियोगितामा विभिन्न २१ विद्यालएका ६७ ब्वाईज र ३१ गर्ल्स गरी जम्मा ९८ जनाले सहभागीता जनाएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →