← समाचारमा फर्कनुस्
Top Headlines Jul 01, 2023 · Shishir

प्रगतिलाई स्वर्ण

प्रगतिलाई स्वर्ण

काठमाडौं, असार १५ गते । मूलपानी तेक्वान्दो डोजाङकी प्रगति कुइकेल पाँचौं नेकोस खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् ।

काटेश्वर तेक्वान्दो डोजाङमा भएको महिला ३८ केजीमा प्रगतिले चन्द्रागिरीकी शेली गुरुङलाई पराजित गरिन् । काटेश्वरकी अन्सु योञ्जन तथा सुसंस्कारकी म्यारिका शाह तेश्रो भए ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय तेक्वान्दो संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको महिला २१ केजीमा सुन्दरीमाइकी पुनम घिमिरे, २८ केजीमा नवजीवनकी रोशनी आचार्य, ४६ केजीमा चन्द्रागिरीकी खुस्बु लिम्बू, ५२ केजीमा कोटेश्वरकी रिमा खत्री, २४ केजीमा हेटौंडाकी माधवी घलान, ३३ केजीमा कोटेश्वरकी सुरक्षा केसी, ४३ केजीमा सुशंस्कारकी सुमिना वाइबा र ४९ केजीमा कोटेश्वरकी इसिका रानाले पहिलो स्थान हात पारे ।

पुरुष २२ केजीमा रिब्सका रिदम तामाङ, २५ केजीमा सुनसरीका प्रज्ज्वल तामाङ, ३१ केजीमा चन्द्रागिरीका समिर ठाकुर, २८ केजीमा सुन्दरीमाइका विशाल तामाङ र ३४ केजीमा मूलपानीका भिजन तामाङले स्वर्ण जिते ।

मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगिताको नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा पूर्व उद्योग मन्त्री नेपाल खेलकुद महासंघका इन्र्चाज कर्णबहादुर थापाले तेक्वान्दो खेल सामाग्री जुरी गणेश जिम्मा लामा लाई हस्तान्तरण गरी उदद्याटन गरे ।

सो अवसरमा बाग्मती प्रदेशका पुर्व सभामुख सानुकुमार श्रेष्ठ, एमाले केन्द्रीय कमिटीका सदस्य तथा बाग्मती प्रदेशका पुर्व मन्त्री सरेश नेपाल, नेपाल खेलकुद महासंघका अध्यक्ष प्रशुराम बस्नेत, उपाध्यक्ष नन्दा बस्याल, महासचिव र्धम लामा, तेक्वान्दो खेलका पुर्व मुख्य प्रशिक्षक ध्रुव गुरुङ्ग, वरिष्ठ प्रशिक्षक शेरबहादुर थापा मगर, मिन थापा, कृष्णभक्त न्यौपाने, तेक्वान्दो खेलका मुख्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नविनकुमार श्रेष्ठ, नेपाल तेक्वान्दो संघका पुर्व केन्द्रिय सदस्य ईश्वर विडारी, अन्तर्राष्ट्रिय निर्णायक मिन न्यौपाने, अशोक खड्का, एन्फाका पुर्व महासचिब तथा तेक्वान्दो खेलका पूर्व प्रशिक्षक ईन्द्रमान तुलाधर लगायतको उपस्थि रहेको थियो ।

कार्यक्रमको सभापतित्व राष्ट्रिय तेक्वान्दो संघ, नेपालका अध्यक्ष एंब अन्र्तराष्ट्रिय निर्णायक हिराबहादुर थापाले गरेका थिए । सो अवसरमा कोटेश्वर तेक्वान्दो डोजाङका खेलाडीहरुले तेक्वान्दो प्रदर्शनी खेलका साथै स्वागत् नृत्य गरेका थिए । दुईदिनसम्म सन्चालन हुने प्रतियोगितामा गेरोगीतर्फ २० र पुम्सेतर्फ २ गरी कुल २२ स्वर्ण पदकका लागी ३१ वटा डोजाङका ३७५ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →