← समाचारमा फर्कनुस्
Top Headlines Jun 17, 2023 · Shishir

मुकेश र राममायालाई स्वर्ण

मुकेश र राममायालाई स्वर्ण

नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राममाया बूढाले युथ ओपन फाइभ के रनमा शनिबार स्वर्ण जितेका छन् ।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित दौडको पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २७.८ सेकेन्डमा पूरा गरे । आर्मीकाद्वय श्रीकाश राई (१६ मिनेट ०८.६ सेकेन्ड) दोश्रो तथा सुशिलकुमार शाही (१६ मिनेट ०९.७ सेकेन्ड) तेश्रो भए ।

राममायाले निर्धारित दूरी तय गर्न १८ मिनेट ५३.२७ सेकेन्ड समय खर्चिन् । आर्मीकी पुर्णलक्ष्मी न्यौपाने (१८ मिनेट ५५.५० सेकेन्ड) ले रजत तथा एपीएफकी आशा रावत (१९ मिनेट ३९.३२ सेकेन्ड) ले कांस्य हात पारे ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए । पाँचौंदेखि दसौं स्थानमा दौड टुंग्याउने खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, पूर्व धावक बुद्धवीर लामा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपति, आयोजक परिवारका अध्यक्ष राजन खत्री, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

४८ जिल्लाबाट ३ सय ८६ जना खेलाडीले दौडका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →