← समाचारमा फर्कनुस्
Volleyball Jul 05, 2023 · Shishir

टिभ्सको दुवै टोली सेमिफाइनलमा

टिभ्सको दुवै टोली सेमिफाइनलमा

काठमाडौं, असार १९ गते ।टिभ्सको ‘ए’ र ‘बी’ दुवै टोली चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टिभ्स ‘ए’ ले जिबीएचएसलाई २–१ तथा टिभ्स ‘बी’ ले आयोजक सूर्योदय ‘बी’ लाई ६–१ ले पराजित गरे । सोही स्पर्धामा आईएसए नेपालले सूर्योदय ‘ए’ लाई ७–१ तथा बलर्सले चैतन्यलाई ७–१ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ग्रान्डीले एडिमलाई १३–११, बापेकले हेम्सलाई १३–९, बलर्सले मगसलाई १४–९ तथा मनास्लुले सम्बोधलाई १३–११ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको सूर्योदयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसी र प्यासिफिक हस्पिटालिटी क्युलीनरी एकेडेमीका प्रबन्ध निर्देशक सुशिल थापाले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे ।
प्रतियोगितामा ब्वाइजतर्फ २४ तथा गल्र्समा १२ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले १५ हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् ।

गल्र्सको विजेतालाई १० हजार तथा उपविजेतालाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →