← समाचारमा फर्कनुस्
Football Jul 16, 2023 · Nepalsports

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, तिन खेलाडी परिवर्तन

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, तिन खेलाडी परिवर्तन

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपुर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। 

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल साँझ सवा ५ बजे हुनेछ।  

नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपुर्ण खेलमा ३ खेलाडी परिवर्तन गरेका छन्। 

पहिलो खेलमा सुरुवाती ११ मा स्थान बनाएका मिडफिल्डर त्रय रेनुका नगरकोटे, प्रिती राई र अमिसा कार्कीलाई आजको खेलमा विश्राम दिइएको छ। 

उनीहरुको स्थानमा फरवार्ड रश्मी कुमारी घिसिङ र अनिता बस्नेत तथा मिडफिल्डमा अनिता केसीले सुरुवाती रोजाइमा स्थान बनाएका छन्।  

बंगलादेशविरुद्ध आक्रमणमा सावित्रा भण्डारीलाई रश्मी कुमारी घिसिङ र अनिता बस्नेतले साथ दिनेछन्। 

मिडफिल्डमा सरु लिम्बु, दिपा शाही र अनिता केसी रहनेछन्।  

डिफेन्समा मुख्य प्रशिक्षकले पहिलो खेलका खेलाडीलाई नै निरन्तरता दिएका छन्। डिफेन्समा अमृता जैशी र समिक्षा घिमिरे रहनेछन्। विमला विक र हिराकुमारी भुजेलले विंगब्याकमा खेल्नेछन्। 

गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा रहनेछिन्। 

वैकल्पिक खेलाडीमा डिफेन्डर गीता राना, पुजा राना, निशा थोकर, अञ्चली वाइवा, मिडफिल्डर, विमला चौधरी, सविता रानामगर, रेनुका नगरकोटे, प्रिती राई, अमिसा कार्की बेन्चमा छन्। यस्तै फरवार्ड रेखा पौडेल, तथा गोलरक्षक अञ्जना राना मगर र उषा नाथ वैकल्पिक खेलाडीको रुपमा रहनेछन्। 

नेपालको सुरुवाती ११ः 

फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र अनिता बस्नेत

मिडफिल्डरः सरु लिम्बु, दिपा शाही, अनिता केसी

डिफेन्डरः विमला विक, समिक्षा घिमिरे, अमृता जैसी, हिरा कुमारी भुजेल 

गोलरक्षकः एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान)

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →