एसियाड जाने स्क्वास टिमको विदाइ

काठमाडौँ, असोज ५ गते- नेपाल स्क्वास र्याकेट्स संघले शुक्रबार १९ औ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने स्क्वास टिमलाई विदाइ गरेको छ ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघका अध्यक्ष धु्रवबहादुर गुरुङलगायत पदाधिकारीहरुले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई शुभकामनासहित विदाइ गर्नुभयो ।
आगामी असोज ६ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा नेपालले नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । नेपाली टिममा पुरुषतर्फ अरहान्तकेशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन तथा महिलातर्फ कृष्णा थापा, विपना ब्लोन र स्वस्थानी श्रेष्ठ हुनुहुन्छ । प्रशिक्षकमा हिराबहादुर थापा मगर र म्यानेजरमा किशोर महर्जन रहनुभएको छ ।
नेपाली स्क्वास टिम शनिबार चिनको हाङजाउ प्रस्थान गर्नेछ ।
स्क्वासलाई सहयोग
यसबीच विदाई कार्यक्रममा एक्स स्टेपले नेपाली स्क्वास टिमलाई खेल पोशाक प्रायोजन गरेको छ । एक्स स्टेपले स्क्वास टिमलाई २० टिसर्ट र आठ हाफ पाइन्ट विरतण गरेको थियो ।
यसैगरी, एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीपमा सहभागी हुन नेपाल आएको ब्रिटिस आर्मी टिमले १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली स्क्वास खेलाडीहरुका लागि ६१ हजार रुपियाँ सहयोग गरेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |