पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासमा आरहन्त, विकाश र अमिर सेमिफाइनलमा

काठमाडौं, साउन २३ गते उपाधि रक्षा अभियानमा रहनुभएका अरहन्त केशर सिम्हा, मङ्गलबर पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुग्नुभएको छ ।
गत विजेता अरहन्तले क्वाटफाइनलमा निशान्त अग्रवाललाई ११–४, ११–४, ११–४ ले सजिलै हराउनुभयो । अन्य खेलमा दीपकले दिव्यराज वज्राचार्यलाई ११–९, ९–११, ११–९, ११–० ले तथा अमिरले रेसुब चुरवाललाई ९–११, ११–४, ११–७, ११–६ ले पराजित गर्नुभयो । अन्तिम क्वाटरफाइनलअन्तर्गत राजेन्द्र शाक्य र उमित शाक्यबीचको खेल बुधबार हुनेछ ।
यसैगरी, मास्टर्स (प्लस ५०) मा प्रज्वल प्रकास प्रधानले दिलिप नरसिंह अधिकारीलाई सोझो सेटमा ११–४, ११–३, ११–७ ले हराएर सेमिफाइनलमा स्थान बनाउनुभयो । अन्य क्वाटरफाइनल खेलमा सुदीपबहादुर सिंहले मनोजबहादुर श्रेष्ठलाई ११–५, ११–६, ११–२, प्रवीणवीर सिंह कंसाकारले किशोर महर्जनलाई ११–६, ११–७, ११–२ तथा धीर पुनले प्रमोद श्रेष्ठलाई ११–७, ११–२, १०–१२ र ११–४ ले हराएर अन्तिम चारमा आआफ्नो स्थान सुरक्षित गर्नुभयो ।
नेपाल स्क्वास र्याकेट संघ (एनएसआरए)को आयोजनामा भइरहेको प्रतियोगिता साउन २७ गते सकिनेछ । घरेलु स्क्वासको सबभन्दा ठूलो मानिएको यस प्रतियोगिता संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |