अरहन्त केशर सिम्हा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको क्वाटरफाइनलमा

काठमाडौँ, साउन २२ गते- उपाधि दावेदार अरहन्त केशर सिम्हा सोमबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको क्वाटरफाइनलमा पुग्नुभएको छ । अरहन्तले प्रिक्वाटरफाइनलमा राजकुमार श्रेष्ठलाई ११–१, ११–३, ११–२ ले सजिलै सोझो सेटमा हराउनुभयो ।
अन्तिम १६अन्तर्गत भएका अन्य खेलमा अमिर ब्लोनले विनायक श्रेष्ठलाई ११–९, ११–१ र १२–१०, उमित शाक्यले रत्नकाजी शाक्यलाई ११–७, ११–७, ११–६ तथा दीपक थापाले प्रयाज्ञ जोशीलाई ११–१, ११–२, ११–६ ले सोझो सेटमा पराजित गर्नुभयो । पुरुष एकलमा शीर्ष चार वरीयताप्राप्त खेलाडी अहरन्त, अमिर, उमित र दीपकले पहिलो चरणमा बाइ पाउनुभएको हो ।
राजेन्द्र शाक्यले पनि धीर पुनलाई ११–४, ११–५, ११–६ ले हराएर अन्तिम आठको यात्रा तय गर्नुभयो । पहिलो चरणमा उहाँले आश्विन तोडीबाट वाकओभर पाउनुभएको थियो । प्रिक्वाटरफाइनलमा दिव्यराज वज्राचार्य वाकओभर प्राप्त गरी अगाडि बढ्नुभयो । उहाँका प्रतिद्वन्दी शिव कायस्थले खेल छोड्नुभएको हो ।
यसैगरी निशान्त अग्रवालले सुर्जन श्रेष्ठलाई ११–४, ११–२, ११–६ तथा रसुभ चुरवालले पासाङ ब्लोनलाई १४–१६, ११–८, ११–८, ११–५ ले हराएर अनितम आठमा आआप्mनो स्थान पक्का गर्नुभयो ।
मास्टर्स (प्लस ५०) विधामा किशोर महर्जन, मनोजबहादुर श्रेष्ठ, धीर पुन, प्रमोद श्रेष्ठ, दिलिप नाथ अधिकारी, प्रवीण कंसाकार सुदीप बहादुर सिंह र प्रज्ज्वल प्रधान क्वाटरफाइनलमा पुग्नुभयो । किशोरले लालबहादुर गुरुङ, सुदीपले प्रेम सिंह तथा प्रमोदले इन्द्रबहादुर कार्कीबाट वाकओभर पाएपछि नखेलीकनै अर्को चरणमा स्थान बनाउनुभएको हो । अन्य खेलमा मनोजले सुरेश शाक्यलाई ८–११, ६–११, ११–८, ११–४, १२–१० तथा धीरले विदुर धमलालाई ११–६, ११–८, ११–६ ले निराश बनाउनुभयो । यसैगरी, दिपिले एम.एल मास्केलाई ११–३, ११–३, ११–३, प्रवीणले अजय के. सिम्हालाई ११–७, १३–११, ११–४ तथा प्रज्वलले रुपवृmष्ण श्रेष्ठलाई ११–४, ११–५, १३–११ ले हराउनुभयो ।
घरेलु स्क्वासको सबभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी मेमोरियल नेसनल स्क्वास साउन २७ गते सकिनेछ । संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |