अमिर ब्लोन पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताबाट बाहिरिए

काठमाडौँ, साउन २५ गते- १९ औँ एसियाली खेलकुदमा चयन भएका अमिर ब्लोन बिहिबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलमा सेमिफाइनलबाट विदा भएको छ ।
होङजाउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने आमिरलाई दीपक थापाले पाँच सेटको खेलमा २–११, ११–९, ११–७, १०–१२, १०–१२ ले स्तब्ध पार्नुभयो । दीपकले फाइनलमा उपाधि रक्षा अभियानमा रहेका अरहन्त केशर सिम्हाविरुद्ध खेल्नुहुनेछ । अरहन्तले अर्को सेमिफाइलमा उमित शाक्यलाई सजिलै ११–१, ११–३, ११–८ ले पराजित गर्नुभयो ।
यसैगरी प्लेट च्याम्पियन्सीपमा पासाङ लामा र विनायक श्रेष्ठबीच उपाधि भिडन्त हुने भएको छ । यस विधाको सेमिफाइनलमा पासाङले अनिल वज्राचार्यलाई ११–८, ११–४, ११–६ तथा विनायकले रिद्धि शाक्यलाई ११–६, ३–११, ११–७, ११–३ ले हराउनुभयो ।
यसैगरी, बिहिबार बिहानसम्मको महिला एकलको तालिकामा कृष्णा थापा तीनै खेल जितेर फाइनलका संघारमा पुग्नुभएको छ । वृmष्णाले पहिलो चरणमा भावना सुनुवारलाई ३–०, दोस्रो चरणमा स्वस्थानी श्रेष्ठलाई ३–१ र तेस्रो चरणमा अस्मिता नगरकोटीलाई ३–० ले हराउनुभएको थियो । राष्ट्रिय च्याम्पियन बिपना ब्लोन पनि आफूले खेलेका दुवै खेलमा जित हात पार्नुभएको छ । उहाँले पहिलो चरणमा भावना सुनुवार र दोस्रो चरणमा अस्मिता नगरकोटीलाई समान ३–० ले सोझो सेटमा पराजित गर्नुभएको हो ।
स्वस्थानी श्रेष्ठले दुई खेलमध्ये एक जित र एक हारमा खेल्नुभएको छ । कृष्णासँग हारेपछि उहाँले अस्मितालाई ३–० ले सोझो सेटमा हराएर फाइनलमा पुग्ने झिनो सम्भावनालाई कायम राख्नुभएको थियो । अस्मिताले तीन खेल हार्नुभएको छ ।
पाँच खेलाडीमात्र सामेल महिला एकलमा राउनरोविन्डको आधारमा प्रतिस्पर्धा हुँदैछ । जसमध्ये शीर्ष दुई स्थानमा रहने खेलाडीबीच फाइनल हुनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |