साउथ एशिया रिजनल यू-१५ र १७ ब्याडमिन्टन भोली देखी नेपालमा हुने

काठमाडौ- ब्याडमिन्टन साउथ एशिया रिजनल यू-१५ र १७ प्रतियोगिता भोली शुक्रबारबाट नेपालमा हुने भएको छ।
आज काठमाडौको रोयल सिंगी होटलमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिता ४ दिनसम्म हुने नेपाल ब्याडमिन्टन संघले जानकारि दिएको छ।
यस प्रतियोगिताको खेलहरु नेपाल शस्त्र बल एपिएफको हलचोकस्थित कभर्ड हलमा हुनेछ।
प्रतियोगितामा ब्वाइज र गर्ल्स २६-२६ जना गरि कुल ५२ जना खेलाडीको सहभागित रहने संघले जानकारि दिएको छ। त्यस्तै प्रतियोगितामा ८-८ ब्वाइज र गर्ल्स गरि जम्मा १६ जना खेलाडीले सहभागिता जनाउने छन्।
प्रतियोगितामा नेपाल सहित बांगलादेश, पाकिस्तान,माल्दिभ्स,भुटान, श्रीलंका गरि ६ देशको सहभागिता रहनेछ।
यू-१५ र यू-१७ अन्तर्गत व्यक्तिगत तर्फ गर्ल्स सिंगल,ब्वाइज सिंगल, गर्ल्स डबल, ब्वाइज डबल्स र मिक्स डबल गरि ५ वटामा स्पर्धा हुनेछ।
नेपालमा पहिलोपटक यस प्रतियोगिता हुन लागेको हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |