राजेन्द्र शाक्य पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको क्वाटरफाइनलमा

काठमाडौं, साउन २४ गते- अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका राजेन्द्र शाक्य बुधबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलमा क्वाटरफाइनलमा सीमित बन्नुभएको छ । राजेन्द्र शाक्य अन्तिम क्वाटरफाइनलमा उमित शाक्यसँग ११–५, ११–८, ११–८ ले पराजित हुनुभयो ।
एसियाली खेलकुदका पछिल्लो संस्करण जाकार्ता एसियाडमा नेपालको प्रतिनिधित्व गरेका राजेन्द्रले गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदपछि सन्न्यासको घोषणा गर्नुभएको हो । राजेन्द्र र उमितबीचको खेलसँगै पुरुष एकलको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । एक दिनअघि गत विजेता अरहन्त केशर सिम्हा, दिपक थापा र अमिर ब्लोन अन्तिम चारमा पुग्नुभएको थियो । उपाधि भिडन्तमा पुग्न बिहिबार अरहन्तले उमित र अमिरले दीपककको सामना गर्नुहुनेछ ।
बुधबार नै भएको मास्टर्स (प्लस ५०) विधाको सेमिफाइनल खेल जितेर प्रवीणवीर सिंह कंसाकार र सुदीपबहादुर सिंह उपाधि भिडन्तमा पुग्नुभएको छ । प्रवीणले प्रज्वल प्रकाश प्रधानलाई ११–६, १०–१२, ११–४, ११–८ र सुदीपले धीर पुनलाई ११–८, ११–५, ५–११, ११–८ ले हराउनुभयो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |