← समाचारमा फर्कनुस्
Top Headlines Jul 09, 2023 · Shishir

मोर्डन पेन्टाथलनमा श्रेष्ठ निर्विरोध

मोर्डन पेन्टाथलनमा श्रेष्ठ निर्विरोध

नेपाल मोर्डन पेन्टाथलन संघको साधारण सभा तथा निर्वाचनले राजु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा मोहनकुमार डाँगीले वरिष्ठ उपाध्यक्ष, शकुन्तला नगरकोटी, गोपाल न्यौपाने, भगवती विष्ट, राजु दर्शन, इन्दिरा निरौला र नारायणप्रसाद पौडेलले उपाध्यक्ष, यादवबहादुर बस्नेतले महासचिव, रितेश श्रेष्ठले उप–महासचिव, यदुकुमार बस्नेत र रचना लाखेमरुले सचिव तथा शैलेन्द्रमान श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाए ।


सुन्दर प्रजापति, ज्ञानेन्द्र श्रेष्ठ, ऋषिराज लहरे र रविकिरण खड्का सदस्यमा चयन भए । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा विभिन्न सयममा भएका अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलनका पदक विजेतालाई सम्मान पनि गरिएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →