← समाचारमा फर्कनुस्
Top Headlines Jul 06, 2023 · Shishir

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

विश्व सेपाकताक्रो च्याम्पियनसिप, ३६ औं किङ्स कपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दै छ ।

पुरुष खेलाडीमा पदमबहादुर थाडा मगर, विपिन थनेत, उमेशबहादुर महतो, दिपेशजंग थापा, विजय महतो र सुजन थिङ रहेका छन् । महिलामा इनु चौधरी, सुमित्रा डंगोल, निरु थापा मगर, प्रतीक्षा थनेत र नैना राना मगर छन् ।

अफिसियलमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, आईटीओमा नेसिर मास्के, व्यवस्थापकमा शिवप्रसाद देवकोटा र डा. यमबहादुर गुरुङ, प्रशिक्षकमा ढाकाराम भट्टराई तथा निर्णायकमा संगिन थापा मगर रहेका छन् । 

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जुलाइ ९ देखि १६ तारिखसम्म हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →