← समाचारमा फर्कनुस्
Top Headlines Sep 20, 2023 · Shishir

चौथो मिस्टर बुल्समेन खुल्ला राष्ट्रिय शारीरिक सुगठन असोज ५ र ६ गते हुने

चौथो मिस्टर बुल्समेन खुल्ला राष्ट्रिय शारीरिक सुगठन असोज ५ र ६ गते हुने

काठमाडौं । चौथो संस्करणको मिस्टर बुल्समेन यहीँ ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डनमा आयोजना हुने भएको छ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बुल्स मेन क्लब पोखराका सचिव उदिम गुरुङले जानकारी गराए।

यसअघि तीन संस्करण पोखरा आयोजना हुने गरेको यस प्रतियोगिता पहिलो पोखरा बाहिर हुन लागेको हो।

यसअघि बुल्समेन पोखरामा पहिलो संस्करणको २०७१, दोस्रो संस्करण २०७३ र तेस्रो संस्करण २०७५ सफलताका साथ आयोजना गरिसकेको आयोजकले बताएको छ।

समाजको लागि स्वस्थ मानसिकता र व्यस्थ मानसिकताको लागि स्वस्थ शरिर स्वस्थ शरिरको लागि शारिरिक व्यवम भन्ने मान्यतालाई आत्मसात गर्दै युवा वर्गलाई शारिरिक रुपमा मत्र नभई मानसिक रुपमा पनि मजबुत गर्दै दिगो विकासको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले बुल्स मेन क्लब पोखरा स्थापना भएको हो। 

प्रतियोगितामा पुरुष बडी विल्डिङ्गतर्फ ७ वटा तौल समूह रहेको छ। जसमा ५५, ६०, ६५, ७०, ८० र ८० केजिमाथिको सहभागी हुने पाउनेछन्। पुरुष फिजिक १७० सेमि भन्दामाथि र तल रहनेछ।

यस्तै शारीरिक सुगठन ओभरअल च्याम्पियनतर्फ ५ लाख ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने तौल समूह तर्फ ३५ हजार विजेता, उपविजेता २५ हजार र तेस्रो हुनेले २० हजार प्राप्त गर्नेछन्।

पुरुष फिजिकका विजेताले १ लाख, उपविजेता ५० हजार, दोस्रो ३५ हजार पाउनेछन्। यस्तै पहिलो फिजिकतर्फ विजेता १ लाख, उपविजेता ५० हजार र तेस्रो स्थानले ३५ हजार पाउनेछन्।

यस्तै यस प्रतियोगिता सञ्चालनका लागि ६५ लाख अनुमान लाग्ने आयोजकले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →