← समाचारमा फर्कनुस्
Volleyball Aug 15, 2023 · Shishir

किंग्स कपमा सन्जु सर्वोत्कृष्ट

किंग्स कपमा सन्जु सर्वोत्कृष्ट

काठमाडौं । काठमाडौंमा आज सम्पन्न दोस्रो किंग्स कप विजेता किंग्स क्लबका कप्तान सन्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । शाहले ८ हजार रुपैया र शिल्ड पाएको छ ।

विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराउदै किंग्स च्याम्पियन बनेको थियो । व्यक्तिगत विधामा पनि च्याम्पियन बनेको किंग्स क्लबका खेलाडीले नै वर्चश्व जमाएको छ ।

किंग्सका नै रेशम छन्त्याल उत्कृष्ट स्पाइकर, बलराम गुरुङ उत्कृष्ट सेटर, मनोज श्रेष्ठ उत्कृष्ट ब्लकर र अमृत केसी उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । 

पुलिसका हरि थापा उत्कृष्ट सर्भर, पुलिसका नै नारायण सिन्जाली उत्कृष्ट लिवेरो र पुलिसकै पहल गहतराज उदियमान खेलाडी चुनिएका छन् । 

व्यक्तिगत विधाका सबै उत्कृष्टले समान ३/३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →