← समाचारमा फर्कनुस्
Top Headlines Apr 24, 2023 · Shishir

सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ अर्को सातालाई सर्यो

सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ अर्को सातालाई सर्यो

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ एक साता सरेको छ। सोमबार न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानुन व्यवसायीहरुले बहस गरेका थिए। आज दुवै पक्षको बहस नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको हो।

न्यायाधीशले उक्त मुद्दालाई निरन्तर सुनुवाइ गर्ने आदेश नगरेकाले अर्को साता यो मुद्दा कुन इजलासमा पर्ने टुंगो छैन। आजकै न्यायाधीश ढकालको इजलासमा परे मुद्दा थप अघि बढ्छ भने अरु न्यायाधीशको इजलासमा परेमा फेरि सुरुदेखि सुनुवाइ गर्नुपर्ने हुन्छ।

यो मुद्दा अब अर्को दिन पेशीमा चढ्ने छ। त्यतिखेर गोलाप्रथाबाट जसको इजलासमा पर्छ उनैले सुनुवाइ गर्नेछन्। यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक नाबालिग किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →