युरोपेली लिग च्यालेन्जिङ छ, तर सहर्ष स्वीकार्छु : सावित्रा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले युरोपको लिग आफ्नो लागि च्यालेन्जिङ रहेको बताएकी छन्। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित विदाइ कार्यक्रममा उनले एशियालीभन्दा छुट्टै किसिमको लिग भएको कारण युरोपेली लिग आफ्नो लागि च्यालेन्जिङ रहेको बताएकी हुन्।
“एशियालीबाट छुट्टै स्टेपमा पुगेको छु, म युरोपेली लिग खेल्दै छु। त्यसैले मेरो लागि च्यालेन्ज छ। तर, म यो च्यालेन्जलाई सहर्ष स्वीकार गर्छु,” उनले भनिन्।
सावित्राले इजरायलको क्लब हापोएल रानानाबाट खेल्ने पक्का भएको छ। हापोएलले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको छ। योसँगै उनले हापोएलबाट २०२३/२४ को सिजन खेल्ने छिन्। नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता रहेकी उनले अन्तर्राष्ट्रिय खेलमा ४३ गोल गरिसकेकी छन्।
भारतमा इन्डियन वुमन्स लिग खेल्दै तीन पटक उपाधि जितिसकेकी सावित्रा आफ्नो यात्रालाई तन्काउन चाहन्थिन्। उनको योजना युरोपमा खेल्ने थियो। उनी पछिल्लो समय एजेन्टको खोजीमा थिइन्।
उनलाई नेपाली राष्ट्रिय पुरूष टोलीका मुख्य प्रशिक्षक अल्बर्टो भिन्सिन्जो एनिसले सहयोग गरेका हुन्। सावित्राले यसलाई परीक्षाको रूपमा लिएको बताइन्।
“एन्जामको लागि यो फस्ट स्टेप हो। फाइनल एन्जामसँग आफूलाई तयार राख्ने छु। आमनेपाली फुटबल फ्यान र महिला फुटबललाई हेर्ने दृष्टिकोण फरक पार्ने कोसिस शुरू गर्ने छु,” उनले भनिन्।
आउने दिनमा फुटबलमा आउने अन्य महिला खेलाडीलाई खेलेर नै बाँच्च सकिन्छ भन्ने आधार आफूले तय गर्ने उनले बताइन्। भोलिको दिनमा आफ्नो देश र समर्थकको लागि आफूले गर्न धेरै बाँकी रहेको भन्दै उनले माया र सद्भावको साधै सपोर्टको अपेक्षा राखेको बताइन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |