← समाचारमा फर्कनुस्
Top Headlines Sep 21, 2023 · Nepalsports

साफ यू-१९ः बांगलादेशलाई हराउदै भारतको विजयी सुरुवात

साफ यू-१९ः बांगलादेशलाई हराउदै भारतको विजयी सुरुवात

काठमाडौ- नेपालमा आजबाट सुरु भएको साफ यू-१९ फुटबलमा भारतले विजयी सुरुवात गरेको छ।

उपाधि दाबेदारी टोलिको रुपमा हेरिएको भारतले बांगलादेशलाई ३-० गोलअन्तरले पराजित गरेको हो।

भारतको जितमा खेलको ३३ सेकेन्डमै ग्वासमर गोरेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।

त्यस्तै पहिलो हाफको इन्जुरी समयमा नाओबा मेइतीले गोल गर्दै खेल २-० को स्थितीमा पुर्याए।

त्यसपछि दोस्रो हाफको अन्तिम मिनेटमा अर्जुन सिंहले गोल गर्दै जित सुनिश्चित गरे।

प्रतिस्पर्धात्मक बनेको खेलको अधिकांश समय बल आफ्नो पक्षमा राखेपनि बांगलादेशले गोल भने गर्न सकेन्।

यो जितसंगै समूह बी मा रहेको भारतले ३ अंक बटुल्दै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ।

भारतले दोस्रो खेलमा भुटानसंग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →