← समाचारमा फर्कनुस्
Football Oct 24, 2026 · Swadesh

नेपाल ट्युनिसियासँग पराजित- यू–१५ विश्वकप

नेपाल ट्युनिसियासँग पराजित- यू–१५ विश्वकप

काठमाडौं। फिफा यू–१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत अजरबैजान २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा नेपाल यू–१५ टोली ट्युनिसियासँग १–३ गोल अन्तरले पराजित भएको छ। अजरबैजानको होभसानमा भएको खेलमा ट्युनिसियाले तीन गोल गर्दा नेपालले एक गोल मात्र फर्काउन सक्यो। ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे। नेपालका लागि अर्जुन मगरातीले सान्त्वना गोल गरे।

यो खेल फिफाको नयाँ ढाँचाअनुसार आठ खेलाडीको टोली (८-ए-साइड) र २०–२० मिनेटका दुई हाफ गरी ४० मिनेटको खेलाइएको थियो। प्रतियोगितामा असीमित स्थानापन्न खेलाडी प्रयोग गर्न पाइने नियम लागू गरिएको छ।

अब नेपालले आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार ब्राजिल र डिआर कंगोसँग खेल्ने तालिका छ । नेपाल रहेको समूह चरणमा ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी-बिसाउ र ट्युनिसिया छन् ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →