← समाचारमा फर्कनुस्
Top Headlines Oct 24, 2026 · Swadesh

पुरुष यू-१९ एसिया कपका लागि क्यानद्वारा २८ खेलाडी छनोट

पुरुष यू-१९ एसिया कपका लागि क्यानद्वारा २८ खेलाडी छनोट

काठमाडौं। आगामी पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली छनोट गर्ने तयारी अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले २८ जना खेलाडीलाई प्रारम्भिक प्रशिक्षण क्याम्पका लागि छनोट गरेको छ।

संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रारम्भिक प्रशिक्षण क्याम्पमा सहभागी हुने खेलाडीहरूको नामावली सार्वजनिक गरेको हो।

क्याम्पका लागि छनोट भएका खेलाडीहरूमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, दर्श सोनार, विपिन शर्मा, जोय थापा, सोहेल कुँवर, सौजन घिमिरे, भुपाल दंगल, दीपक सेमेला, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सुयान्नु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी, शिवंश बजगाई, सुगम बुढाथोकी, आशिक बैठा, रौनक श्रीवास्तव, रोहित चन्द, कृतिक कामत, राहुल हक र रोशन शाही रहेका छन्।

क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएअनुसार छनोट भएका खेलाडीहरूले आगामी एसिया कपको तयारीका लागि प्रारम्भिक प्रशिक्षण क्याम्पमा सहभागिता जनाउनु पर्नेछ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →