रग्बीतर्फ एसियाडका लागी नेपाली टोली घोषणा

काठमाडौं, भदौ ६ गते । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ ।
नेपालसंगै यो समूहमा हङकङ चाइना र फिलिपिन्स छन् ।
हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउदै छ ।पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा जापान, सिंगापुर र थाइल्यान्ड तथा समूह ‘डि’ मा युएइ, चीन र अफ्गानिस्तान छन् ।
रग्बीका खेलहरु सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछ । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ ।
नेपालले पहिलो खेल फिलिपिन्स तथा दोश्रो खेल हङकङ चाइना विरुद्ध खेल्ने छ । हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ ।
एसियाली खेलकुदमा नेपालले पहिलो पटक रग्बीमा सहभागिता जनाउन लागेको हो । नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ । १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलंकाका सन विजेसिंघेले प्रशिक्षण दिइरहेका छन् ।
नेपाली टोली ः विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |