आर्यन रोसाको ब्रान्ड एम्बासडर

काठमाडौं, साउन २६ गते । रोसा ट्राभल्स एन्ड टुर्स प्रालिले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्र्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडी आर्यन रञ्जितलाई शुक्रबार ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
रोसाका प्रबन्ध निर्देशक सागर विष्टले आर्यनलाई ब्रान्ड एम्बासडरको पत्र आर्यन अध्ययनरत क्यामेलिया स्कुलमा प्रिन्सिपल रुद्रमणि अधिकारीको उपस्थितिमा प्रदान गरे ।
रोसाले द्वारा यही शुक्रबारैदेखि लागू हुने गरी दुई वर्षसम्मका लागि विभिन्न अन्तराष्ट्र्रिय प्रतियोगिताहरूमा आर्यन रञ्जित सहभागिता जनाउन जाँदा लाग्ने सम्पूर्ण हवाई शुल्क प्रायोजन गर्नै सम्झौता पत्र साथै नगद पुरष्कार प्रदान गर्ने छ ।
प्रबन्ध निर्देशक विष्टले खेलाडीलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।
उक्त कार्यक्रममा विधालयका प्रिन्सिपल रुद्रमणि अधिकारीले आर्यन रञ्जितलाई कराते खेलको पोशाक तथा खेल सामग्री हस्तान्तरण गरे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |