भलिबल खेलका क्रममा पत्रकारमाथि हातपातको प्रयास

काठमाडौं । दर्शक कुटेको विषय सेलाउन नपाउँदै घरेलु भलिबलमा खेलाडीले पत्रकारमाथि हातपातको प्रयास गरेका छन् ।
प्रधानमन्त्री कप क्लब लिग भलिबल च्याम्पियनसिपको अन्तिम दिन हेल्प नेपालका खेलाडी अमृत क्षेत्रीले पत्रकारमाथि हातपातको प्रयास गरेका छन् ।
हेल्प नेपालका अमृतले खेलपाटीका संवाददाता रहेका खेल पत्रकार विशाल पन्थमाथि हातपातको प्रयास गरेका छन् । उपस्थित पत्रकार, सुरक्षाकर्मीले रोकेपछि पत्रकार पन्थमाथि कुटपिट हुन भने पाएन । उनले अपशब्द बोल्दै पत्रकारमाथि गालीगलौच गरेका थिए र आक्रमणको प्रयास गरेका थिए ।
नेपाल भलिबल संघको निरन्तरको खराब ब्यवस्थापनका कारण घरेलु प्रतियोगितामा यस्ता घटना दोहरिदै आएका छन् । यसै श्रृङ्खलामा प्रतियोगिताको अन्तिम दिन अर्का खेलाडी अमृत क्षेत्रीले पत्रकारमाथि हातपातको प्रयास गरेका छन् ।
खेल हेर्न आएकी आफ्नी श्रीमतीलाई मिडिया जोन (मिडियाकर्मी बस्ने स्थान)मा बस्न नदिएको भन्दै अमृतले पत्रकारमाथि हातपातको प्रयास गरेका हुन् । प्रतियोगिता आयोजनाको खराब ब्यवस्थापनलाई लिएर नेपाल भलिबल संघको आलोचना हुदै आएको थियो ।
पछिल्लो समय खेलाडीको अनुशासनहीन क्रियाकलपाबाट राष्ट्रिय खेल भलिबलको गरिमा मात्र घटेको छैन, दर्शक–पत्रकारमाथिनै कुटपिट हुने घटना बाहिर आउन थालेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |