← समाचारमा फर्कनुस्
Top Headlines Sep 02, 2023 · Shishir

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार

नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय रेफ्री सेमिनार शनिबार जरंकुमा सम्पन्न भएको छ ।

भदौ २२ र २३ गते जरंकुमै हुने छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई लक्षित गरी आयोजना गरिएको एकदिने सेमिनारमा १५ निर्णायकको सहभागिता रहेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।

सहभागीहरुमा रिजा महर्जन, रविन पुटुवार, निराजन मुक्तान, सिवान सुनुवार, मनीष पुटुवार, सुनिता श्रेष्ठ, सुनमाया तामाङ, श्रृषा खनाल, पासाङ तामाङ, मनोज विन्दुकार, शिव कुँवर, राजदीश नेम्कुल, सरिना घले, गोपाल थापा र सुरेन्द्र राई रहेका छन् ।

उनीहरुलाई अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, संजीतकुमार राई, दीपक श्रेष्ठ, रमेश महर्जन, कमल मगर र सञ्जयराज पुटुवारले परिवर्तित नियमलगायतका बारे जानकारी गराएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →