← समाचारमा फर्कनुस्
मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

काठमाडौं, असार २५ गते ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं मास्टर्स मिट तथा दोश्रो राष्ट्रिय रेफ्री सेमिनारको सोमबार उद्घाटन गरे ।
नेपाल वादोरियो कराते डो संघको आयोजनामा कार्यक्रम आइतबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने सोमबार गरिएको हो ।
मास्टर्स मिटमा विभिन्न ५ प्रदेशका २ सय ५० जनाको सहभागिता रहेको नेपाल कराते महासंघका वरिष्ठ उपाधयक्ष समेत रहेका वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन् । पहिलोदेखि पाँचौं डानसम्मका मास्टर्स मिटमा सहभागी छन् ।
रेफ्री सेमिनारमा पनि ५ प्रदेशका ५० जना सहभागी छन् । कार्यक्रम मंगलबार सम्पन्न हुनेछ ।
बुधाबार वादोरियो कराते संघको साधारण सभा तथा निर्वाचन पनि काठमाडौंमा हुँदैछ । साधारण सभाका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको प्रमुख प्रशिक्षक केसीले जानकारी गराए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |