← समाचारमा फर्कनुस्
मैत्रीपुर्ण खेलमा रामेछापविरुद्ध मछिन्द्र विजयी

एएफसी कप छनोटको प्रारम्भिक चरण खेल्न लागेको मछिन्द्र फुटबल क्लबले अभ्यास खेलमा रामेछाप फुटबल क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको खेलमा मछिन्द्र ६-० गोलअन्तरले विजयी भएको हो।
मछिन्द्रका लागी आशिष चौधरीले सर्वाधिक दुई गोल गर्दा लकेन लिम्बु, आयुस घलान, रेजिन सुब्बाले समान १-१ गोल गरे।
मछिन्द्रले प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्दै छ। छनोट खेल आगामी अगस्ट ८ मा हुनेछ।
मछिन्द्रले यस खेलका लागी चर्च ब्वाइजबाट आसिष चौधरी, संकटाका आयुश घलान, संकटाकै एरिक विष्ट, थ्रीस्टारका लाकेन लिम्बू, एफसी खुमलटारका मेसुके ओलोमाउ, एपीएफका सनिश श्रेष्ठ, खुमलटारका रेजिन सुब्बा र रोहित सुब्बा भित्र्याएको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |