← समाचारमा फर्कनुस्
Top Headlines Jul 01, 2023 · Shishir

नेपाल स्क्वास र्याकेट्स संघको अध्यक्षमा धु्रबबहादुर गुरुङ चयन

नेपाल स्क्वास र्याकेट्स संघको अध्यक्षमा धु्रबबहादुर गुरुङ चयन

काठमाडौँ, असार १६ गते नेपाल स्क्वास र्याकेट्स संघको अध्यक्षमा धु्रबबहादुर गुरुङ चयन हुनुभएको छ । संघको १४ औँ वार्षिक साधारण सभा र पाँचौँ अधिवेशनले आगामी चार वर्षका लागि गुरुङलाई चयन गरेको हो । उहाँले अध्यक्ष पदका लागि भएको मतदानमा मनोजबहादुर श्रेष्ठलाई हराउनुभयो । 

अन्य सबै पद निर्विरोध रहे । उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलिप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रुपकदास ताम्राकार चयन हुनुभएको छ । महासचिवको जिम्मेवारी लोकेन्द्रमान सिं भण्डारीले पाउनुभयो । शैलेस अमात्य कोषाध्यक्ष र महेन्द्र महर्जन सचिवको जिम्मेवारीमा हुनुहुन्छ । सदस्यहरुमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल वज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार रहनुभएको छ ।

यसअघि, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन समारोहमा स्क्वास र्योकट्स नेपालको नमुना संघ भन्दै प्रशंसा गर्नुभएको थियो । सदस्यसचिव घिसिङले आगामी एसियाडमा राम्रो प्रदर्शन गर्न राम्रो तयारी गर्न अनुरोध गर्दैै स्क्वासको प्रशिक्षणका लागि विदेशी प्रशिक्षकको पहल गर्न तयार छु पनि भन्नुभयो ।

सो समारोहमा होङजोउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका छ खेलाडी अरहन्त केशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन, वृmष्णा थापा, विपना ब्लोन र स्वस्थानी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यसैगरी, पछिल्ला दुई कार्यकालको नेतृत्व गर्नुभएका किशोर महर्जनले स्क्वासलाई व्यवसायिक बनाउने प्रयास गरेको भनाई राख्नुभयो । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्क्वास संघको प्रगतिको कामना गर्दे एसियाडमा स्क्वासको सफलताका लागि शुभकामना दिनुभयो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →