← समाचारमा फर्कनुस्
Top Headlines Aug 06, 2023 · Shishir

भेलोसिटि पम्प फेस्ट भव्यताका साथ समपन्न

भेलोसिटि पम्प फेस्ट भव्यताका साथ समपन्न

काठमाडौ- स्विचव्याक नेपाल र हिमालयन सिंगल ट्र्याकको आयोजनामा शनिवार भेलोसिटि पम्प फेस्ट समपन्न भएको छ।

एकदिने प्रतियोगितामा जुनियर मेन्स, वुमेन्स, युथ , मास्टर्स र एलिट गरि जम्मा पाच विधामा प्रतिस्पर्धा भएको थियो।


प्रतियोगितामा जुनियर मेन्सतर्फ कविर खडक ले ३५.१४ सेकेन्डमा रेस पुरा गरिदै च्याम्पियन बने।

त्यस्तै सस्वोत बज्राचार्यले ३६.२६५ सेकेन्डमा पुरा गर्दै दोस्रो हुदा अस्भिन खत्रीले ३६.६८७ सेकेन्डमा पुरा गर्दै तेस्रो बने।


त्यस्तै वुमेन्सतर्फ निस्मा श्रेष्ठले ४२.४६४ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनिन्। त्यस्तै सकुन्तला बुढा मगरले ४९.२५७ सेकेन्डमा पार गर्दै दोस्रो र मिंग्मार यांजी शेर्पाले ५२.६७७ सेकेन्डमा पुरा गर्दै तेस्रो बनिन्।

युथतर्फ अविजित खत्री ३९.३२१ सेकेन्डमा पार गर्दै च्याम्पियन बने। त्यस्तै सुजित कुमार ४४.४५३ सेकेन्डसहित दोस्रो हुदा छिरिंग पासांग शेर्पा ४४.६२३ सेकेन्ड सहित तेस्रो बने।

मास्टर्सतर्फ उमंग श्रेष्ठ ३८.१२२ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बने। त्यस्तै सुवर्ण व्यन्जनकार ३८.९६५ सेकेन्डसहित दोस्रो बन्दा सन्जय देउला ३९.७३४ सेकेन्डसहित तेस्रो बने।

एलिटतर्फ निरभ श्रेष्ठ च्याम्पियन बनेका छन्। उनले ३४.७५३ सेकेन्डमा पुरा गरे। त्यस्तै राजेश मगर ३४.९४९ सेकेन्डमा पुरा गर्दै दोस्रो बन्दा क्रिष्टोफोर केलिंग ३४.९५९ सेकेन्डमा पुरा गर्दै तेस्रो बने।


प्रतियोगिताको प्रत्येक बिधाका तिन शिर्ष विजेतालाई प्रायोजक जायन्टले पुरस्क्रित गरेको छ।

त्यस्तै एलिटतर्फको विजेता खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन्।

मुख्य प्रायोजकका रुपमा जायन्ट रहदा क्यालिबर जुत्ता, गोर्खा फाइनान्स तथा स्थानिय बाइक सपहरुले प्रायोजक गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →