← समाचारमा फर्कनुस्
Football Jul 19, 2023 · Nepalsports

कैदीहरुबाट खेलाडी र प्रशिक्षक उत्पादन

कैदीहरुबाट खेलाडी र प्रशिक्षक उत्पादन

सेल्टर आश्रय नेपालले एएफसीको सहयोगमा थुनामा रहेका कैदी बन्दीहरुलाई खेलाडी, प्रशिक्षक र रेफ्रीहरु उत्पादन गरेको छ । कैदी जीवन बिताइ रहेका व्यक्तिहरुलाई पुनस्थापना हुनको लागि सही बाटो देखाउने धेह्यका साथ उनीहरुलाई खेलाडी, प्रशिक्षक र रेफ्रीको प्रशिक्षण दिएको हो । 

चार महिना चलेको प्रशिक्षण शुक्रबार झापामा सम्पन्न भएको हो । प्रशिक्षणमा १८ जना प्रशिक्षक, १८ रेफ्री र २३ जना खेलाडीहरु सहभागि भएका थिए । 

कैदीहरुलाई प्रमाणपत्र वितरण गर्दे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा केन्दीय सांमसद राजेन्द्र लिङ्देनले यस्तो खाले सिपका कुराहरुले गर्दा सुधार गृहमा रहेका व्यक्तिहरुलाई पुनस्थापना गर्न सहज हुने बताए ।

‘यस्तो खाले कार्यक्रमले गर्दा थुना मुक्त भएपछि पुनस्थापनाको बाटो खोजिरहेकाहरुलाई सहज हुनेछ । एएफसी र सेल्टर नेपालले यस्तो खाले कार्यक्रम अन्य जिल्लाहरुमा गर्न पनि आवश्यक छ,’ लिङ्देनले भने । 

यस्तै एन्फाका उपाध्यक्ष दावा लामाले फुटबलको माध्यमबाट नै पुनस्थापना हुने पाटो आफ्नो लागि निकै सहारनिय भएको बताए । यस्तो खाले कार्यक्रममा लागि आगामी दिनमा सेल्टर नेपाल र एएफसीसँग एन्फाले सहकार्य गरेर जाने बताए । 

‘कैदी जीवन सबैका लागि कष्टकर नै हुन्छ । अझ थुना मुक्त भएपछिको जीनव झनै अन्योलमा हुन्छ । यसलाई पुनस्थापना गर्ने पाटो बनेको छ । थुना मुक्त हुने विक्तिकै सबै राम्रो बाटोमा हुनेछन्,’ लामाले भने । 

त्यस्तै एएफसीकी सुरक्षा प्रवन्धक कोह एन सिनले नेपालमा भएको यो नालौं  कार्यले आफूलाई निकै खुसि तुल्याएको बताइन् । उनले आगामी दिनमा पनि नेपालमा एएफसीले यस्तो खाले कार्यक्रम ल्याउनेमा विश्वास दिलाइन् । 

सेल्टर आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले कैदी बन्दीहरुमा यो किसिमको उत्साह देख्दा आफूहरुले गरेको कार्य सफल भएको अनुभुती भइरहेको बताइन् । उनले नेपाल सरकारको साथ र सहयोग भएमा अन्य जिल्लाहरुमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्न आफूहरु तयार रहेको बताइन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →