← समाचारमा फर्कनुस्
महिला विश्वकप : नेदरल्यान्डस र अमेरिका अन्तिम १६ मा, पोर्चुगल बाहिरियो

काठमाडौँ । नेदरल्यान्डस र अमेरिका विश्वकप महिला फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
मंगलबार सम्पन्न समुह चरणको अन्तिम खेलमा नेदरल्यान्डसले भियतनामलाई ७-० गोल अन्तरले पराजित गर्दै समुहमा शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ । नेदरल्यान्डसको ३ खेलमा ७ अंक भएको छ ।
त्यसैगरी समुह इ को अर्को खेलमा अमेरिका र पोर्चुगल गोलरहित बराबरीमा रोकिएपछि अमेरिका समुहमा दोस्रो हुँदै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको ३ खेलमा ५ अंक भएको छ ।
त्यस्तै पोर्चुगल ३ खेलमा ४ अंकसहित समुहमा तेस्रो हुँदै विश्वकपबाट बाहिरिएको छ । त्यसैगरी भियतनामले आफ्ना तिनै खेलमा हर बेहोरेर समुह चरणबाटै बाहिरिएको छ ।
योसँगै नेदरल्यान्डस र अमेरिकासहित राउण्ड १६ मा स्वीट्जरल्यान्डस, स्पेन, जापान, नर्वे, अस्ट्रेलिया र नाइजेरियाले स्थान सुरक्षित गरेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |