← समाचारमा फर्कनुस्
Top Headlines Sep 14, 2023 · Swadesh

खेलाडीहरूको पुरस्कार रकम शुक्रबार निकासा हुने

खेलाडीहरूको पुरस्कार रकम शुक्रबार निकासा हुने

काठमाडौँ– सरकारले खेलाडीहरूको लागि घोषणा गरिएका पुरस्कारको रकम शुक्रबार निकासा हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त पुरस्कार रकम निकासा गर्ने बताएका छन्।

बिहीबार चीनको हाङझावमा हुने १९औं एशियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीकाे बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

 पुरस्कारको रकम अर्थ मन्त्रालयबाट स्वीकृत भएर बिहीबारमात्रै खेलकुद मन्त्रालयमा पुगेको र शुक्रबारको क्याबिनेटबाट सबै पैसा निकासा गर्ने उनले बताए। 

प्रधानमन्त्री दाहालले यसअघि घोषणा भएको पुरस्कार केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गरे।

"यसअघि घोषणा भएको पुरस्कार खेलाडीहरूले आजसम्म पनि नपाएको भन्ने कुरा जानकारी छ। केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु," उनले भने, "मैले नै घोषणा गरेको पुरस्कार नियमावलीको अभावका कारण निकासामा ढिला भएको थियो, अहिले त्यो बनेको छ। अर्थ मन्त्रालयबाट स्वीकृत भई आजै मात्र खेलकुद मन्त्रालयमा पुगेको छ। भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ।"

प्रधानमन्त्रीले घोषणा गरिसकेको कुरा हुँदैन कि भनेर चिन्ता नलिन पनि उनले खेलाडीहरूलाई आग्रह गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →