← समाचारमा फर्कनुस्
Top Headlines May 18, 2023 · Shishir

पदक विजेता मुक्केवाज सम्मानित

पदक विजेता मुक्केवाज सम्मानित

काठमाडौं, जेठ ४ गते- नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए । पुरुष ८६ केजीमा विजय बाटाले कांस्य हात पारेको थिए ।
सुष्माले २० हजार नगद पुरस्कार पाइन् । सुष्माले जितेको रजत पदक नेपाली बक्सिङको इतिहासमा कुनैपनि नेपाली खेलाडीले एसियाली स्तरमा जितेको सबै भन्दा ठूलो पदक हो । बाँकी कांस्य विजेताले जनही १० हजार नगद पुरस्कार पाए । झापाकी त्रिशा भने कार्यक्रममा उपस्थित थिइनन् ।

सो प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दिप श्रेष्ठ समान ५–५ हजार नगदसहित सम्मानित भए भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा सहभागी लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारलाई पनि प्रशंसा पत्रबाट सम्मानित भए ।
सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पु¥याएवापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित भए ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, बागमती प्रदेशकी सांसद् मिना पराजुली, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले, नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सो अवसरमा खेलकुद मन्त्री लिम्बूले खेलकुदलाई माथि उठाउन सक्दो र इमानदार प्रयास गर्ने बताए । अध्यक्ष गुरुङले खेलाडीको हौसला अभिबृद्धि गर्न संघले खेलाडीलाई सम्मान गर्दै आएको बताए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →