← समाचारमा फर्कनुस्
Top Headlines Jul 15, 2023 · Nepalsports

दक्षिण एसियाली युथ टेटेका पदक विजेता सम्मानित

दक्षिण एसियाली युथ टेटेका पदक विजेता सम्मानित

भारतमा भएको दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता सबै खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो ।

बैशाख ३१ देखि जेठ ४ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको थियो ।
यु–१९ ब्वाइज टिममा सुजन गडाल, विशाल गोले, विश्व बानियाँ र सिद्धार्थ तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए । यु–१५ गल्र्स डबल्समा सुस्मिता खड्का र शुभश्री श्रेष्ठले रजत जितेका थिए ।

त्यस्तै यु–१५ ब्वाइज टिममा सिद्धार्थ तामाङ, सौरभ खड्का र एरिस शाक्य, यु–१९ गल्र्स डबल्समा वियंका राई र इभाना थापा मगर, यु–१९ मिक्स डबल्समा सुजन गडाल र वियंका राई, यु–१९ ब्वाइज डबल्समा विशाल गोले र विश्व बानियाँ, यु–१९ मिक्स डबल्समा सिद्धार्थ तामाङ र शुभश्री श्रेष्ठ, यु–१९ गल्र्स टिममा वियंका राई, इभाना थापा मगर, दिया देउला र शुभश्री श्रेष्ठ तथा यु–१५ गल्र्स टिममा सुस्मिता खड्का, करिना सुवाल र शुभश्री श्रेष्ठले कांस्य जितेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →