फिजिटल स्पोर्ट्स टुर्नामेन्टमा नेपालको सर्वाधिक सहभागीताको अपेक्षा

काठमाडौं- रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स टुर्नामेन्ट–२०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ।
फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन एम्बेस्सीले बताएको छ ।
प्रतियोगितामा शारीरिक र डिजिटल दुबै किसिमको आयोजना हुनेछ । जसमा ५० प्रतिशत शारीरिक गतिविधि र ५० प्रतिशत डिजिटल हुनेछ ।
प्रतियोगितामा फुटबल, बास्केटबल र हक्की जस्ता परम्परागत खेलहरू हुनेछन् । नेपालबाट यो खेलहरुमा सहभागी जनाउन पाउनेछ । त्यस्तै पबजी, फ्री फायर, डोटा २ र लिग अफ लेजेन्ड्स जस्ता ई–स्पोर्ट्स गेमहरू प्रस्तुत गरिनेछ ।
प्रतियोगिता अन्तर्गत फुटबल, बास्केटबल, हक्की र दौड प्रतिस्पर्धामा प्रत्येक खेलमा पुरस्कार राशी १० लाख डलर समावेश छ । यस्तै, डोटा दुई र लिग अफ लिजेन्ड्स जस्ता ई–स्पोट्र्स खेलहरूमा प्रत्येक खेलमा ३० लाख डलरको पुरस्कार राशी छ ।
ट्याक्टिकल ब्याटल ५५ सीएसजीओ, ट्याक्टिकल ब्याटल ५५ भ्यालोरन्ट र ड्रोन बीट सेबरको पुरस्कार क्रमशः ३० लाख, २० लाख र पाँच लाख डलर छ । फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ मा छनोट हुने खेलाडीको पनि सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्ने छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |