← समाचारमा फर्कनुस्
Top Headlines Aug 12, 2023 · Shishir

अरहन्तले जिते एकल तर्फको पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको उपाधि

अरहन्तले जिते एकल तर्फको पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको उपाधि

 नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिम्हाले शनिबार पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तर्गत पुरुष एकलको उपाधि रक्षा गरेका छन् । 

अरहन्तले फाइनलमा शनिबार सम्पन्न फाइनलमा दिपक थापालाई ११-६, ११-४ र ११-८ ले पराजित गरे ।

महिला एकलमा कृष्णा थापाले पनि उपाधि रक्षा गनुृभयो । कृष्णाले विपना ब्लोनलाई सोझोसेटमा ११-६, ११-९ र ११-९ ले हराइन् ।

कृष्णाले गत वर्ष पनि विपनालाई नै हराएर उपाधि जित्नतेकी थिइन् । विपनाले गत वर्ष नवौँ राष्ट्रिय खेलकुदमा महिला एकलमा स्वर्ण जितेकी थिइन्।

पुरुष तथा महिला एकलतर्फको विजेता २१ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थान हासिल गर्नेले ५/५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी ब्वाइज यू-१९ का विजेताले ११ हजार, उपविजेताले ६ हजार र तेस्रो स्थान हासिल गर्नेले ३ /३ हजार रुपौँया पाए । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →