← समाचारमा फर्कनुस्
Top Headlines Jul 03, 2023 · Shishir

नेपाल खेलकुद पत्रकार मञ्चको १८औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल खेलकुद पत्रकार मञ्चको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, असार १८– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को १८औं वार्षिक साधारणसभा तथा खेलकुद पत्रकारिता पुनर्ताजगी प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

काभ्रेको धुलिखेलमा आइतबारदेखि सुरु भएको दुईदिने उक्त कार्यक्रम सम्पन्न भएको हो । पहिलो दिन मल्टिप्ल्याटफर्म जर्नालिजमबारे सिएमआर नेपाल एकेडेमीका डाइरेक्टर उज्वल आचार्यले प्रशिक्षण दिए । उक्त प्रशिक्षण ६४ जना खेल पत्रकार सहभागी भएका थिए । मञ्चले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

उक्त दुई दिने पत्रकारिता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप), केटिएम सिटी र प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालले सहयोग गरेको थियो । सोमबार मञ्चको १८औं वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास कार्की र पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष बैकुण्ठ पराजुली लगायतले खेलकुद पत्रकारिताका विषयमा विचार राखेका थिए ।

उक्त साधारण सभाको बन्द सत्रमा मञ्चका महासचिव प्रज्वल ओलीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुजन श्रेष्ठको आर्थिक प्रतिवेदन पेश भएको थियो । 

सो प्रतिवेदन साधारण सभाले पास ग¥यो । सोमबार उक्त साधारणसभा राखेपका सदस्यसचिव टंकलाल घिसिङले चालु आर्थिक वर्षमा राखेपको सहयोगमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विवरण प्रस्तुत गरेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →