← समाचारमा फर्कनुस्
Top Headlines May 10, 2023 · Shishir

एनएसजेएफलाई एआइपीएस एसिया उत्कृष्ट खेलकुद मिडिया अवार्ड

एनएसजेएफलाई एआइपीएस एसिया उत्कृष्ट खेलकुद मिडिया अवार्ड

काठमाडौ- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एआइपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया)ले मंगलबार एनएसजेएफलाई उक्त अवार्ड प्रदान गरेको हो।

दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआइपीएस एसियाको २४ औं कंग्रेस दौरान एनएसजेएफलाई अवार्ड प्रदान गरिएको हो।

एआइपीएस एसियाका अध्यक्ष हि डोन जुङले एनएसजेएफका महासचिव प्रज्वल ओलीलाई अवार्ड प्रदान गरे। अवार्ड वितरण समारोहमा एनएसजेएफका केन्द्रिय सदस्य निशान राई र एआइपीएस एसियाका कोषाध्यक्ष समेत रहेका एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीको उपस्थिति रहेको थियो।

ब्यबसायिक खेलकुद पत्रकारिताको प्रबर्द्धन र पत्रकारिताको माध्यमबाट खेलकुदको बिकासमा पुर्र्याएको योगदानको कदर गर्दै एनएसजेएफलाई अवार्ड प्रदान गरिएको एआइपीएस एसियाले जनाएको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →